• Open Hours: Sun - Fri 9.00 - 18.00

फेब्रुअरी: ARMD Awareness महिना (उमेरसँग बढ्दो दृष्टि समस्या )

Age-Related Macular Degeneration (ARMD) वृद्ध व्यक्तिहरूमा दृष्टि गुमाउने मुख्य कारण हो। सन् 2020 मा 196 मिलियन मानिस AMD बाट प्रभावित थिए, जुन 2040 सम्म 288 मिलियन पुग्ने अनुमान छ। नेपालमा पनि वृद्ध जनसंख्यामा AMD को दर बढ्दो छ। भक्तपुर रेटिना अध्ययन अनुसार, 60 वर्ष माथिका 35% व्यक्तिमा ARMD पाइन्छ।

ARMD भनेको के हो?
ARMD आँखा भित्रको Maculaलाई असर पार्ने रोग हो, जसले पढ्न, अनुहार चिन्न, वा दैनिक काम गर्न गाह्रो बनाउँछ।

ARMD का प्रकारहरू
✅ सुक्खा (Dry) AMD:

  • ८५-९०% केसमा देखिन्छ।
  • आँखा भित्र साना पहेँला थोप्ला जम्मा हुन्छन्।
  • विस्तारै दृष्टि कमजोर बनाउँछ।

ओसिलो (Wet) ARMD:

  • १०-१५% केसमा देखिन्छ।
  • आँखामा असामान्य रक्तनलीहरू बढ्छन्।
  • छिटो दृष्टि गुम्न सक्छ।

ARMD का लक्षणहरू:
-दृष्टि धमिलो हुनु।
-वस्तुहरू बांगिएका देखिनु।
-अनुहार चिन्न गाह्रो हुनु।

ARMD को जोखिम कारकहरू:
-उमेर:५० वर्षपछि जोखिम बढ्छ।
-धूम्रपान:ARMD हुने सम्भावना दोब्बर बनाउँछ।
-पारिवारिक इतिहास: वंशाणुगत हुन सक्छ।
-उच्च रक्तचाप र हृदय रोग: रक्तसञ्चार समस्या बढाउँछ।

ARMD रोकथाम र उपचार
✅ नियमित आँखा परीक्षण– प्रारम्भिक पत्ता लगाउन जरूरी।
✅ स्वस्थ आहार– हरियो तरकारी, माछा, नट्स, एण्टीअक्सिडेन्टयुक्त खाना लाभदायक।
✅ धूम्रपान त्याग– आँखाको रक्तसञ्चार सुधार गर्छ।
✅ UV सुरक्षा– सनग्लास लगाउँदा हानिकारक किरणबाट बच्न सकिन्छ।
✅ Anti-VEGF औषधि वा इन्जेक्सन– वेट ARMD को लागि प्रभावकारी उपचार।

नेपालमा ARMDको दर बढ्दै गएको छ, जसलाई समयमै पहिचान गरेर नियन्त्रण गर्न सकिन्छ। स्वस्थ जीवनशैली अपनाउनु, नियमित आँखा परीक्षण गराउनु, धूम्रपान त्याग्नु, र सही उपचार गर्नु ARMD रोकथाम तथा व्यवस्थापनका मुख्य उपायहरू हुन्। त्यसैले यसको सुरक्षाका लागि सचेत बनौं र अरूलाई पनि जागरूक गरौं।